Naseeb Mahato

Tuesday, August 28, 2018

यसवर्ष ‘खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने

चितवन, भदौं ९–
थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आईरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।
थाकस क्षेत्र नं.७ को आज (शनिबार) बसेको बैठकले आउँदो पुस २८ देखि माघ ८ गतेसम्म ‘खिचरा महोत्सव–२०७५’ आयोजना गर्ने निर्णय गरेको थाकस क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले जानकारी दिए ।
महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन अध्यक्ष चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
‘खिचरा महोत्सव’ पाँचौं संस्करणसम्म आईपुग्दा थारु समुदायको पहिचान बनेको छ । पूर्वी चितवनको खैरहनीमा आयोजना हुने यस महोत्सवले थारु समुदायको कला सँस्कृतिका साथै स्थानीय जातजातिको कला संस्कृतिक संरक्षणमा समेत टेवा पुग्दै आएको छ ।
यस्तै थाकस क्षेत्र नं.७ यस वर्ष थारु महिलाहरुको महान् चाड जितिया पर्वको अवसरमा समेत विशेष कार्यक्रम गर्ने भएको छ । शनिबार बसेको बैठकले असोज १३ गते खैरहनी–८ मगनी चोकमा जितिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष चुडामणी चौधरीले जानकारी दिए ।
__________________________________
 Stay Connected With Us!!
 ©® Tharu Of Nepal, Naseeb Mahato & Mahato Group ©®

No comments:

Post a Comment

Thanks & Regards,
Naseeb Mahato

Mobile:
+977-9807553995 (Nepal)
+91-9807553995 (India).

Mail ID:
info@naseebmahato.com.np
NaseebMahato@outlook.com

www.naseebmahato.com.np
Facebook / WhatsApp / Instagram / IMO / Telegram