Naseeb Mahato

Friday, August 31, 2018

गोरुले दूध दिन थालेपछि दर्शनार्थीहरुको भीड, शिवजीको ‘नन्दी’ भनेर पूजा गर्न थाले (भिडियोसहित)

सिन्धुपाल्चोक । पछिल्लो समय सामाजिक सञ्जालमा दुधालु गोरुको भिडियो भाइरल बन्दै गएको छ । गोरुले दूध दिन्छ भन्ने सुन्दा पनि जोकसैलाई झुटो लाग्न सक्छ । तर सामाजिक सञ्जालमा  भाइरल भएको भिडियो र गोरुले दूध दिने सत्य रहेको यसका किसनले नै बताएका छन्  ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेको हो । यसको  भाइरल बन्दै गएको भिडियो पनि तामाङले पालेको गोरुको रहेको बताइएको छ ।
तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई प्रसाद बाँड्छन् । बिहान बेलुकी गरेर एक माना जति दिन्छ । पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन्, अनि तामाङचाहिँ दङ्ग ।
गोरुले दूध दिन्छ भन्ने सुनेपछि तामाङको घरमा गोरु हेर्न आउनेको भिड लाग्न थालेको छ । सुरुमा तामाङ आफै पनि निकै चकित परेका थिए । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दूधको थोपा खस्न थाल्यो ।
उनले बिहान बेलुकै दुहुने गरेको बताए उनले भने, ‘गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दूध हो कि भनेर दुहेको त हो रहेछ । तर  थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु । सबैले भगवान् शिवजीको साढे नन्दी भनेर पूजा गर्न थालेका छन् ।’
यद्यपि गोरुले दुध दिनुको बैज्ञानिक कारण भने थाहा हुन सकेको छैन । यो अध्ययनको विषय हुन सक्छ ।
भिडियो सामाजिक सञ्जालबाट
https://www.facebook.com/nabinkulung123/videos/325690974851151/For Video Click This Link

__________________________________
Stay Connected With Us!! ©® Tharu Of Nepal, Naseeb Mahato & Mahato Group ©®
For Video Click This Link

No comments:

Post a Comment

Thanks & Regards,
Naseeb Mahato

Mobile:
+977-9807553995 (Nepal)
+91-9807553995 (India).

Mail ID:
info@naseebmahato.com.np
NaseebMahato@outlook.com

www.naseebmahato.com.np
Facebook / WhatsApp / Instagram / IMO / Telegram