नवलपुर क्षेत्र आसपास थारु समुदायमा अति नै प्रख्या तथा सबैको मनमा बस्न सफल ललपुरीया…… थारु गित सार्वजनीक भएको झण्डै १ दशक पछि म्यूजीक भिडीयो तयार भएको छ । उक्त म्यूजिक भिडियो तयार पार्न करिव करिव १ वर्ष लागेको थियो । यस भिडियोमा नवलपुर थारु समुदायमा चलन चल्तीमा रहेको झाँकी, थारु रहनसहन तथा थारु समुदायले वर्षभरी विभिन्न समय सापेक्ष मनाउ गरेका चाँडबाड र त्यस संग सम्बन्धीत कुराहरु भिडियोमा समावेस गरेको छ ।


उक्त गितको शब्द रचना गीतकार मणीराज महतोले गर्नुभएको छ भने संगित पनि गीतकारकै रहेको छ । संगित संयोजन रुपम सिंह गुरुङ्गले गर्नु भएको छ । स्वर अबदेश महतो को रहेको छ । भिडियोमा दिपक महतो तथा सलिना महतोको प्रस्तुती रहेको छ । उक्त भिडियोमा कडा मेहनेत तथा लगनका साथ अंगज महतोको निर्देशन रहेको छ । यो भिडियो वहाँद्धारा निर्देशित पहिलो भिडीयो हो । गितले मागेको र गीतको भावअनुसारको भिडियो तयार गर्न निकै मेहनत र समय पनि उत्तिकै लागेको छ निर्देशक अंगज महतोले भन्नु भयो । वहाँल भन्नु भायो, यो गीतले न्याय पाएको छ, जस्तो लाग्छ, सबै टिमले मेहेनत राम्रो गरेको छ समग्रमा भिडियो अतिनै राम्रो बनेको छ, विशेषतः नवलपुरका थारुहरु तथा थारु समुायका सबैले यो भिडियो हेर्नै पर्ने बनेको छ र हेरी सके पछि थारु हुनुमा गर्व गर्ने ठाउँ अझै फराकिलो बन्ने कुरा रहेको छ ।

गितको छायाँकन नवलपुर आसपास भरी नै गरीएको छ । उक्त भिडियो छायाँकन पतिराम थनेतले गरेको गर्नुभएको छ साथै एरियल फोटोग्राफिमा राम जनम चौरसियाले गर्नुभएको छ । भिडियो सम्पादन सुरेश चौधरी (मर्तुकिया) ले गर्नु भएको छ । उक्त गीतको म्यूजिक भिडियो निर्माण गर्दा सम्पूर्ण लगानी वि.सि.डिजिटल लिङ्क तथा नेत्र महतो को रहेको छ । भिडियो निर्माणमा बरौली सांस्कृतिक समुह कावासोती नगरपालिका १५ बरौलीको विशेस देन रहोको छ । गित भिडियो निर्माण ND STUDIO THE STORY MAKER ले गरको छ भने वितरण पनि ND STUDIO THE STORY MAKER कै YouTube Channel बाट नै माघ ११ गते शनि बार ११ः०० बजे विहान हुैदै छ ।


There is no ads to display, Please add some

LEAVE A REPLY