Naseeb Mahato

Sunday, December 18, 2022

अरूण आर्यन चौधरीको निर्माणमा बन्यो थारू भाषाको गीत ‘घरपाला मोद’ (भिडिओ)

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक भएको छ। गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’ लगायतका पप गीतहरु चर्चित छन् ।
यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । यस गीतको भिडियोलाई पनि आकर्षक बनाईएको छ । हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् ।

यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन् ।