Naseeb Mahato

Wednesday, November 23, 2016

Stay Connected With US

Stay Connected With US!!

© 2002 Tharu Community Kawasoti - Kawasoti

Subscribe:
YouTube- http://www.youtube.com/NaseebMahato

https//:www.youtube.com/channel/UCcAeQzznQbzfk1OPs3qrP8g

Like us:
Facebook: https://www.facebook.com/TharuOfNepal

Follow us:
Twitter: https://twitter.com/RowdyNaseeb
G+: https://plus.google.com/107006733837888066868

IG: https://www.instagram.com/ProudToBeTharu

Admin:
Naseeb Mahato
+977-9807553995
+91-9500669206
Info@NaseebMahato.in
www.facebook.com/NaseebMahato
Kawasoti 13, Nawalparasi Nepal.

рдЕрд╕рдлрд▓ рдЬिрди्рджрдЧीрдХो рдПрдЙрдЯा рд╕рдлрд▓ рдкाрдиा

"असफल जिन्दगीको एउटा सफल पाना "
           
              आदरणीय बुबाआमा ,दाजुभाइ ,दिदीबहिनी ,साथी सङ्गीनी तथा सबै जनालाई 'असफल जिन्दगीको एउटा सफल पाना' मा स्वागत छ।' असफल जिन्दगीको एउटा सफल पाना' को रचनाकार म बिनोद चौधरी को तर्फबाट न्यानो अभिवादन साथै नमस्कार।
                
                   यो कथा मेरो एउटा काल्पनिक हो।यो कथा कसैको वास्तविक जीवन सङ मेल खानु गएमा संयोग मात्र हुनेछ।

           यस कथालाई भाग एक , भाग दुई , भाग तीन यानिकी तीन भागमा tharu community पेजमा प्रस्तुत गरि समाप्त गर्ने छु। आसा छ तपाई हरु ले आनन्द लिदै  क्रमश अन्तिम भाग सम्म साथ दिनुहुन्छ।

          "असफल जिन्दगीको एउटा सफल पाना"प्रथम भाग(भाग १)

                      जतिबेला म विद्यार्थी जीवन सङ संघर्ष गर्दै थिए ।त्यतिबेला मेरो काका भारतको मेघालयमा कोइला खानीमा कार्यरत हुनुहुन्थ्यो।र त्यही बेला काका बिदामा घर आउनु भएको थियो।उहाँ सङ एक जना उहाँको साथी पनि आउनु भएको थियो।काकाको साथी को नाम थाहा भएन तर काकाले उसलाई कान्छा भाइ भनेर बोलाउनु हुन्थ्यो।उहाँ हरुको सम्बन्ध दाजुभाइ को जस्तो थियो।कान्छाको घर हाम्रो घर देखी गाडीमा एक दिनको यात्रा गरे पछि कान्छाको घर पुग्न सकिन्थ्यो।कान्छाले आफ्नो घर खोटाङ जिल्ला बताएको थियो तर उसले घर जाने बाटो सबै बिर्सेको थियो। मलाई केही थाहा छैन।कहाँ बाट जानू ?
कुन गाउँ जानू?
बुवाआमा , दाजुभाइ ,दिदिबहिनी कसैको नाम थाहा छैन।मैले त्यहाँ गएर कसलाई खोज्नु ?यस्तै यस्तै कुरा गर्नुभयो।

कान्छाले आफ्नो जन्मभुमि ,जन्मदाता ,दाजुभाइ ,दिदिबहिनी ,साथी सङ्गी सबैलाई बिर्से को थियो।कान्छाले आफू ८ बर्ष को उमेरमा गाउँ घर छोडेर भागेको हुनाले सबै बिर्सेको हुनुपर्छ। र मैले उहाँलाई सोधे अहिले तपाई कति उमेर को हुनुहुन्छ ?उहाँले जवाफ दिनुभयो ३५ बर्ष  पुगे होला। र घर छोडेको पनि लगभग अन्दाजी पचिस बर्ष भयो होला भन्दै यसरी जवाफ दिनुभयो।मैले फेरि कान्छालाइ भनिहाले नेपाल आएको बेलामा गएर आफ्नो घर बाबाआमा खोजी गर्दा हुन्छनी तर उहाँको जवाफ अब यतिको बर्ष पछि गएर के गर्नु पैसा पनि कमाउन सकेको छैन।बुबाआमाको सामु यत्रो बर्ष पछी कसरी मुख देखाउनु ?कान्छा ले सानैमा घर छोडेको हुनाले जाड , रक्सी ,चुरोटखैनीको कुलतमा फसेको थियो।काका हरु केही दिनको बिदामा आउनु भएको कारण ले गाउँ घरमा चहलपहल निकै बढेको थियो।गाउँ घरका दुई चार जना जडिया हरु पनि पछि लागेका थिए।र प्राय जस्तो दिन भरी जाड रक्सी खाएर दिन बिताउने गर्नुहुन्थ्यो।त्यही क्रममा मलाई एक दिन काकाले भन्नुभयो एक जना पढेलेखेको मान्छे चाहिएको छ।महिनाको भारु २० हजार हुन्छ ।भारी काम केहि गर्नुपर्दैन हिसाब वारि मात्र राख्नुपर्ने काम हो भन्नुभयो।यो कुरा आमाबुबाको अगाडि गर्नुभएको कारण ले बुवाआमा ले भन्नुभयो त्यसो भए अरुलाइ किन त्यो काम दिने बिनोद ले गर्नु सक्छ।बिनोद लाई लानु भन्नुभयो।मलाई पनि पढ्नु लेख्नु  मन लाग्दैन थियोे। नयाँ ठाँउ घुम्न सरै रमाइलो लाग्थ्यो र मैले पनि काका लाई जान्छु भनिदिए।त्यसको एक दिन पछि काकाको मोबाइलमा फोन आयो त्यो फोन कोइला खानी बाट आएको थियो।काका इमर्जेन्सी जानुपर्ने भयो र काका त्यसको भोलिपल्ट एक्लै जानुभयो र मलाई कान्छा सङ दुई चार दिन पछी आउनु भन्नुभयो।र काका गएको पाँच दिन पछी कान्छा र म पनि कोइला खानी तिर लाग्यौं।त्यतिबेला आफ्नो जन्मभुमि,जन्मदाता,दाजुभाइ ,दिदीबहिनी साथी हरुलाइ छोडनु सारै गार्‍हो हुदोरहेछ तर पनि मनलाई बुझाउदै अगाडि बढे।कोइला खानी पुग्नु हाम्रो घर देखि गाडीमा दुई दिन एक रात समय लाग्थ्यो।हामीले त्यो समय पार गरेपछि कोइला खानी पुग्यो राती पुगेको हुनाले पहाड को बाटो उकालो ओरालो बाहेक अरु केही थाहा भएन।त्यस रात पहिलो पटक लामो यात्रा गरेको हुनाले थकाइ को महसुस हुदै थियो र खाना खाएर सुत्नु गए।एक रातको अनिधोले गर्दा कति खेर निदाउनु पुगेछु थाहै भएन भोलि बिहान अबेर उठेपछि कोठा बाट बाहिर निस्के चारैतिर पथर कोइलाको डिपो हरु देखे र त्यस डिपो नजिकै गएर हेरे पछि कोइलाको सुरुङ्गमा जानू मन लाग्यो। र त्यहाँ सानो होचो दुलोमा कोहि मान्छे गैती लिएर भित्र पस्दै थिए त कोहि साना साना गाडी लिएर भित्र जाँदै थिए।त्यो सब दृश्य देखेर मेरो मनमा एक प्रकारको डर पैदा भयो।मेरो मनमा अनेक कुरा हरु खेल्न थाल्यो प्रश्न हरु बिस्फोट भयो यत्रो सानो दुलोमा कसरी ढुङ्गा जस्तो कोइराला काट्छन ? यत्रो ठुलो  पहाडले थिच्यो भने के हुन्छ होला ? यस्तै यस्तै प्रश्न हरु मनमा खेल्नु थालेको थियोे ।तर मैले यस्तो काम गर्नु पर्दैन भन्दै चित्त बुझए।दुई चार दिन बितिसकेको थियो मैले काकालाइ भने मलाई कहिले देखि काम लगाइ दिनु हुन्छ ?काकाले भन्नुभयो अहिले त्यो पोस्ट खाली छैन ।खाली भयो भने लगाइ दिन्छु ।बरु अहिले दुई चार दिन म सङ काम गर सिक्छस पनि पैसा पनि हुन्छ भन्नुभयो।त्यसकोभोलिपल्ट काकाले भन्नुभयो हिन बिनोद काममा म कोइला काट्छु तँ गाडीमा कोइला हालेर बाहिर निकाल्नु र म पनि डराउदै काका सङ सुरुङ्ग भित्र पसे र मलाई पनि एउटा तीखो गैती दिनुभयो र कोइला काट्न सिकाउनु भयो र म कहिले काट्ने  गर्थे त कहिले गाडीमा कोइला हालेर बाहिर निकाल्ने गर्थे।त्यो दिन मलाई धेरै गह्रौ भएको थियो ।मेरो हातमा पानी फोका हरु आएर कोहि फुटि सकेको थियो त कुनै बाकी थियो। म त्यो दिन धेरै रोएको थिए।त्यसको भोलिपल्ट झनै काम गर्नु नसक्ने भए ।

त्यहाको पुराना साथी हरुले पहिले पहिले यस्तै हुन्छ बिस्तारै बानी पर्छ भन्नू हुन्थ्यो।नभन्दै एक महिना पछि मलाई नि त्यहाँ काम गर्नु सहज भयो र पुराना साथी जस्तै मैले पनि त्यहाको काम गर्न सक्ने भए।र मैले पनि त्यही काम लाई निरन्तर दिदै गए आज भोलि भन्दै छ महिना बितिसकेको रहेछ । मलाई पनि घर फर्कनु मन लाग्यो र मैले काका लाई घर जान्छु मेरो पैसा दिनु भन्दा काकाले मैले काम गरेको अनुसारको चित्तबुझ्दो रकम (पैसा) दिनु भएन।र फेरि आउनु भन्नू भयो तर मैले चित्तबुझ्दो पैसा नपाएको कारण पटकै  फर्कनु मन थिएन ।तरपनि काकाको मन राख्दै हुन्छ भन्दै घर फर्के।घरमा आएर मैले कमाएको सबै पैसा बुबाआमालाइ दिए पछि धेरै खुशी हुनुभयो र बुवाआमाले भन्नुभयो अब कहिले फर्कन्छ्स कोइला खानी दुई चार दिन बसेर जान्छस होला ? त्यति बेला मेरो मन रोएर आयो।सबैभन्दा ठुलो पैसा हुदोरहेछ भन्ने मनमा लाग्यो।बुवाआमाले सन्चो बिसन्चो केही सोध्नु भएन।मेरो पनि गाउँ घरमा समय बित्दै थियो साथी भाइ सङ रमाइलो गर्दै।त्यतिकै मा एक दिन कोइला खानी बाट फोन आयो त्यो फोन अरु कसैको थिएन मेरो काकाले गर्नु भएको थियो बिनोद कहिले आउँछ छिटो पठाइ दिनु भन्दै बुवाआमा सङ काकाले आग्रह गर्नु भयो र बुवाआमाले मलाई काकाले फोन गरेको थियो छिटो पठाइ दिनु भनेको छ । तँ अब कहिले जान्छस छिटो जा यहाँ बेगारी सङ घुम्नु भन्दा त्यहा पैसा कमाउनु जाती भन्नुभयो।र म फेरि कोइला खानी जाने निधो गरे............बाकी कथा भाग दुई र भाग तीन मा प्रस्तुत गर्नेछु । तपाई हरुलाइ भाग एक कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु नभुल्नु होला।

Picture Source: Tharu Community - Kawasoti

Naseeb Mahato
Kawasoti 13
Info@NaseebMahato.in
+9779807553995
+919500669206

Sunday, November 20, 2016

Best Budget Laptop

Check out this product on Paytm! https://paytm.com/shop/p/fujitsu-lifebook-a555-core-i3-5th-gen-8-gb-ddr3-1-tb-15-6-inch-dos-8-gb-black-LAPFUJITSU-LIFEBULZ3058594C0B6CC9

Saturday, November 19, 2016

рдкूрд░्рд╡ी рдЪिрддрд╡рдирдХो рдЦैрд░рд╣рдиीрдоा рдЦिрдЪрд░ा рдорд╣ोрдд्рд╕рд╡рдХो рддрдпाрд░ी рдзूрдордзाрдорд▓े рд╕ुрд░ु рднрдпो

नसीब महतो-
मँसिर ४,खैरहनी( चितवन )=पूर्वी चितवनको खैरहनी नगरपालिकामा वर्षेनी आयोजना हुँदैआएको खिचरा महोत्सवको तयारी सुरुभएको छ।

यो पटक महोत्सव एकसाता सम्म चल्ने छ  । थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ ले यो वर्षको महोत्सवलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन अहिले देखि नै तयारी थालेको हो। महोत्सवलाई व्यवस्थित बनाउने विषयमा थारु समुदायका अगुवाहरु सँग शनिवार छलफल गरेको छ । महोत्सव आयोजना हुने स्थल खैरहनी उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको छलफल कार्यक्रममा यो पटक थारु समुदायको कला संस्कृति संगै आर्थिक गतिविधिलाई समेत समेट्न आयोजकलाई सुझाव दिएका छन् । थारु समुदायको परम्परागत पेशा कृषिलाई समेत यो पटकको महोत्सवमा उच्च प्राथमिकतामा राख्न सुझाएका छन् ।

थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न  सभाकै सभापति  महतोको संयोजकत्वमा ३०१ सदस्य रहने गरी मुल समिति गठन गर्ने निर्णय गरेको छ ।  बैठकले यो  वर्ष पौष २८ गतेदेखि माघ ५ गते सम्म चौथौं खिचरा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर 2073 सलको महोत्सब !!